arrow

बालाजु औद्योगिक क्षेत्रमा महानगरको अनुगमन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १५ सोमबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजु औद्योगिक क्षेत्रमा अनुगमन गरेको छ ।

महानगरको उपभोक्ता हित संरक्षण समितिले औद्योगिक क्षेत्रमा उत्पादन हुने खाद्य वस्तु, पानी तथा  दूग्ध पदार्थको अनुगमन गरेको हो ।

महानगरपालिकाका उपमेयर हरिप्रभा खड्कीको संयोजकत्वमा गरिएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारीहरुसहीत उपभोक्ता अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।


अनुगमनका क्रममा यसअघि नै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रोक लगाएको पानी बिक्री वितरण गरेको पाइएको अनुगमनमा सहभागि उपभोक्ताकर्मी माधव तिमिल्सिनाले जानकारी दिए । ‘आक्वा ९९ ब्राण्डको पानी उत्पादन तथा बिक्री वितरणमा गत फागुनमा रोक लगएको रहेछ’ तिमिल्सिनाले भने, ‘रोक लगाएको पानी बिक्री वितरण गरेको भेटिएपछि फेरि परिक्षणका लागि नमुना संकलन गरेर ल्याइएको छ ।’

उक्त ब्राण्डको पानी पिउन योग्य नरहेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत फागुनमा उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको थियो ।

त्रिकोण बेभरेजका नामले सञ्चालित पानी उद्योगले सरकारी निकायबाट अनुमति समेत नलिएको गत फागुनमा भेटिएको थियो ।

सोमबार महानगरको टोलीसँगै गएको खाद्य प्रविधि विभागका सदस्यले फेरि परिक्षणको लागि पानीको नमुना लिएको बताइएको छ ।

त्यस्तै औद्योगिक क्षेत्रभित्रै सञ्चालनमा रहेको जय हनुमान फुड प्रालिबाट उत्पादन हुने ६६६ ब्राण्डको आँटा र मैदाको संकास्पद नमूना पनि परिक्षणका लागि लिइएको छ ।



लोकप्रिय समाचार
नयाँ