arrow

संक्रमित दुई महिलाको लागेन पत्तो

logo
प्रकाशित २०७७ भदौ १५ सोमबार
covid-test-positive-corona.jpg

काठमाडौँ । नुवाकोट घर भएका दुई महिला कोरोना रोगको संक्रमण देखिएसँगै सम्पर्कविहीन भएका छन् ।    काठमाडौँमा पिसिआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र १४ वर्षीया सरस्वती घले नाम गरेका व्यक्ति सम्पर्कविहीन भएका हुन् । 

कोरोना जाँचका लागि उनीहरुले काठमाडौँमा स्वाबको नमूना दिएको र  ठेगाना ‘नुवाकोट, वडा नं ३’ उल्लेख गरे पनि अधुरो भएकाले सम्पर्कमा ल्याउन कठिन परेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । 

कार्यालयका सूचना अधिकृत उत्तम खनालका अनुसार नमूना दिँदा फोन नं उल्लेख नगरेको र ठेगानामा स्थानीय तहको नाममा जिल्लाको मात्र नाम समावेश भएकाले संक्रमितलाई सम्पर्कमा ल्याउन कठिन परेको छ । 

कार्यालयले स्थानीय तहका जनप्रतिनिधि र प्रहरी एकाइलाई संक्रमण देखिएका व्यक्तिको नाम र उमेरअनुसार मिल्दो विवरण देखिएमा सूचना दिन आग्रह गरेको छ । 



लोकप्रिय समाचार
नयाँ