arrow

केराउ आयात गर्न स्वीकृति

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १५ सोमबार

काठमाडौं । सरकारले चैत १६ गते अगाडी सिपि (लोड) भएका केराउ र मरिच आयात गर्न स्वीकृति दिएको छ ।

आइतबार बसेको मन्त्रीपरिषदको निर्णयले १६ चैत अघि नै लोड भएर अड्किएका केराउ र मरिच आयातका लागि स्वीकृति दिने निर्णय गरेको हो ।

अर्थ मन्त्री समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सोमबार मन्त्रीपरिषदका निर्णय सार्वजिनक गर्ने क्रममा उक्त जानकारी दिएका हुन् ।

त्यस्तै मन्त्रीपरिषदले नेपाली महावाणिज्यदूतावास ल्हासा र हङकङको महावाणिज्यदूत पनि नियुक्त गरेको छ ।

ल्हासामा सहसचिव नवराज ढकाल र हङकङमा उदयबहादुर राना मगरलाई महावाणिज्यदूतमा नियुक्त गरेको सरकारले जानकारी गराएकाे हो ।



लोकप्रिय समाचार
नयाँ