कपिलवस्तु । कपिलबस्तुमा लकडाउन भदौ २२ गते सम्मको लागि थप गरिएको छ । जिल्लामा पांचौ पटक लकडाउन बढाइएको हो ।
पछिल्लो समय जिल्लामा कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा देएिपछि यस्तो निर्णय लिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए ।
अत्यवाश्यक सेवा बाहेक सबै सेवा बन्द गरिएको छ । सर्वसाधारणको आधारभूत अवश्यकताको किन मेल गर्ने समय बिहान ८ बजेदेखी १० बजेसम्म दिइएको छ । बैक तथा बित्तिय संस्थाहरु १० बजे देखि १ सम्म स्वास्थ्य मापदण्ड पालना गरी खुल्ने निर्णय लिएको पौडेले बताए ।
जिल्लामा कोरोना सक्रंमितको सख्या ११२१ पुगेको छ भने हाल संक्रिय संक्रमितको सख्या २१९ रहेको र संक्रमणको कारण ३ जनाको मुत्यु भएको छ ।