arrow

दार्चुलामा सोमवार ३ जना स्क्रब टाइफसका बिरामी थपिए

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७७ भदौ १५ सोमबार
scrub-typhus.jpeg

दार्चुला । सोमवार दार्चुलामा थप तीन जना महिलामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । जिल्लाको महाकाली नगरपालिकाका २ महिला र मालिकार्जुन गाउँपालिकाका १ महिलामा स्क्रब टाइफसको संक्रमण देखिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी एवं सिनियर अहेव डम्बर दत्त भट्टले जानकारी दिए । 

आइतवार मात्रै जिल्लामा ५ जनामा स्क्रब टाइफस देखिएको थियो । यसअघि महाकाली नगरपालिकाका १ पुरुष, मालिकार्जुन गाउँपालिकाका २ जना महिला र १ पुरुष र ब्याँस गाउँपालिकाका १ जना पुरुषमा स्क्रब टाइफसको सङ्क्रमण देखा परेको सूचना अधिकारी भट्टले बताए । 

यो संगै दार्चुलामा स्क्रब टाइफसको संक्रमित संख्या ८ पुगेको छ । आइतवार संक्रमण देखिएका मध्ये १ जनालाई धनगढी रेफर गरिएको छ, भने १ जनालाई जिल्ला अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । बाँकी ३ जनामा रोगका सामान्य लक्षण भएका कारण डिस्चार्ज गरिएको उनले बताए । 

परजीवि जातको भुसुना (किर्ना) ले टोकेमा स्क्रब टाइफस लाग्ने भट्टले स्वास्थ्यकर्मीहरुले बताएका छन् । स्क्रब टाइफसको संक्रमण भएमा किर्नाले टोकेको वरिपरि शरीरमा रातो बिमिरा देखापर्ने, अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, मांसपेशी दुख्ने, पाचन प्रक्रियामा गडबडी हुने लगायतका लक्षण देखापर्ने भट्टको भनाइ छ ।

 रोगको संक्रमण रोक्न किटाणु सार्ने माइटको सम्पर्कबाट टाढा रहनु नै प्रमुख रोकथाम भएको उनले बताए । किर्नाको टोकाईबाट बँच्न घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, लामो बुट लगाउने, हातमा पन्जा लगाउने र त्यहाँ बस्नु पर्दा केही ओछ्याएर मात्रै बस्नु पर्ने सुचना अधिकारी भट्टले जानकारी दिए ।



लोकप्रिय समाचार
नयाँ