arrow

मेला लगाउने विषयमा विवाद, १७ जना घाईते

logo
प्रकाशित २०७७ भदौ १५ सोमबार
Sarlahi.jpg.jpeg

सर्लाही । सर्लाहीको सीमावर्ती क्षेत्रस्थित मधुवनी गाउँमा गएसाँझ दुई पक्षबीच झडप हुँदा १७ जना घाईते भएका छन् । मेला लगाउने विषयमा विवाद हुँदा दुई पक्षबीच कुटाकुट भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । 

घाईतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । झडप नियन्त्रणमा लिन स्थानीय प्रहरी चौकीका प्रहरी र गडहीया डुमरियास्थित ईलाका प्रहरी कार्यालयबाट थप मद्धतमा प्रहरी परिचालन गरिएको थियो । 

सर्लाहीका प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौरले मधुवनीगाउँको अवस्था अहिले सामान्य भइसकेको बताएका छन्। उनले सामान्य विषयलाई राजनीतिकरण गर्ने प्रवृतिले समस्या भएको बताए ।



लोकप्रिय समाचार
नयाँ