काठमाडौं। काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ। शाक्य र उनकी श्रीमतीको कोरोना परीक्षणका लागि आइतबार स्वाब लिइएको थियो।
मेयर शाक्यको कोरोना पोजेटीभ देखिए पनि श्रीमतीको भने नतिजा नेगेटिभ आएको छ। शाक्य होम आइसोलेसनमा रहेको महानगरपालिका स्रोतले जनाएको छ ।
महानगरका मेयरको हैसियतमा उनी कोरोना संक्रमण हुने दोस्रो मेयर हुन्। यसअघी बीरगंज महानगरका मेयर विजय सरावगी पनि कोरोना संक्रमित भएका थिए। उनी अहिले संक्रमण मुक्त भएका छन् ।