काठमाडौं । नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिसको शव फेला बेलायतको एक जंगलमा फेला परेको छ ।
करिब चार महिनादेखि बेपत्ता भएका उनको शव फेला परेको हो । मोरिस मर्निङ वाकमा रहेका बेलामा गत मे ६ तारिखदेखि बेपत्ता भएका थिए ।
उनको शव ह्याम्पसायरस्थित एलिस हल्ट जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।
नेपालपछि बेलायत सरकारले मोरिस्लाई फिजीमा ब्रिटिश हाइ कमिश्नरको रुपमा नियुक्त गरिएको थियो ।
तर आफ्नो कार्यकाल सम्हाल्नु अघि नै उनी बेपत्ता भएका थिए । उनको मृत्युबारे अनुसन्धान सुरु भएको छ ।
मोरिस नेपालका लागि बेलायती राजदूतको रुपमा चार वर्षे वर्ष कार्यकाल पूरा गरेर बेलायत फर्किएका थिए ।