काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा फेरि वृद्धि भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार ३ गुणाले सुनको मूल्यमा वृद्धि भएको हो ।
सोमबार ३ सय रुपैयाँ प्रतितोलाका दरले वृद्धि भएर ९७ हजार ५ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार ९ सय रुपैयाँले वृद्धि हुँदै ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
यसअघि आइतबार पनि ३ सय रुपैयाँले मूल्य वृद्धि हुँदै ९७ हजार २ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको थियो ।
मंगलबार नेपाली बजारमा तेजावी सुनको मूल्य ९७ हजार ९ सय रुपैयाँका दरले कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार मंगलरबार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले वृद्धि भएको छ ।
सोमबार समेत २५ रुपैयाँले वृद्धि हुँदै १३ सय ६५ रुपैयाँ प्रतितोला कायम भएकोमा मंगलबार ३० रुपैयाँले वृद्धि भएर १३ सय ९५ रुपैयाँ प्रतितोला कायम भएको छ ।