पोखरा। पोखराका एक जना पर्यटन व्यवसायीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नं. ६ की ४६ वर्षीय महिला पर्यटन व्यवसायीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । निर्देशनालयका अनुसार उनी पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचाररत थिइन् ।
यस्तै पोखरा १३ का २४ वर्षीय एक युवकमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । योसंगै गण्डकी प्रदेशमा ३९ जना कोरोना संक्रमित थपिएका छन् ।
लमजुङको वेशीशहरमा मात्रै २६ जना संक्रमित भेटिएका छन् । लमजुङका १४ दिनका नाबालक समेत छन् । यस्तै बैंकका कर्मचारी, नेपाल प्रहरी र पत्रकार समेत रहेका छन् । यस्तै बाग्लुङमा एक जना, नवलपरासी पूर्वमा १० जना संक्रमित भेटिएका छन् ।
योसंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २२ सय पाँच जना पुगेका छन् ।