काठमाडौं । बलिउड अभिनेता अभिषेक बच्चन कोरोना भाइरससँगको लडाई जितेपछि पुन: काममा फर्केका छन्। केहि हप्ता अघिमात्र महानायक अमिताभ बच्चन, अभिषेक बच्चन लगायत बच्चन परिवार मुम्बईको नानावटी अस्पतालबाट कोभिड १९ को संक्रमण निको भएर घर जलसा फर्किएको थियो । अभिषेक काममा फर्किएसँगै हेयर स्टाइल र नयाँ कारका करण चर्चामा छन् । सोमबार अभिनेता नयाँ कारसँगै देखा परेका छन्, जुन उनले हालै किनेका हु्न्।
अभिषेक बच्चनले सेतो रंगमा मर्सिडीज बेन्ज किनेका हुन्। यस प्रकार बच्चन परिवारको कार संग्रहमा अर्को कार थपिएको छ । सो कारको मोडेल एस ३५० डी हो । कार सेतो रंगमा छ । कारको मूल्यको कुरा गर्ने हो भने यो पनि निकै महंगो रहेको छ। यस मोडेलको कारको मूल्य २ करोड २० लाख नेपाली रुपैयाँ रहेको छ । कार नम्बर एकएच०२एफजे०४१ हो। यसको कुल ११ नम्बर रहेको छ । जसलाई अभिषेक बच्चनको लक्कि नम्बर मानिन्छ।
उक्त कार अभिषेकका बुबा तथा महानायक अमिताभ बच्चनको नाममा रहेको छ । अभिषेक बच्चनसँग महंगा कारहरु रहेका छन् । अमिताभ बच्चनसँग रोल्स रोइस जस्ता कारहरू छन्। बच्चन परिवारका सदस्यहरू बिभिन्न कारमा देखिन्छन्। अभिषेक बच्चनसँग अडी ए८ एल, डब्ल्यू २२१ मर्सिडीज-बेन्ज एस-क्लास एस ३५० डी, डब्ल्यू २२२ मर्सिडीज-बेन्ज एस-क्लास एस ५००, बेन्टले कन्टिनेन्टल जीटी जस्ता पहिले नै धेरै लक्जरी कारहरू छन् ।
आमा जया बच्चनले राज्यसभामा बुझाएको विवरणमा उनी र अमिताभ बच्चनसँग १२ गाडी रहेका छन् । जसको मुल्य १३ करोड भारतीय रुपैयाँ रहेको छ । यसमा पोर्श, रेन्ज रोभर, मर्सिडीज, साथै टाटा नानो र एक ट्रयाक्टर सामेल छ। अमिताभसँग ३.४ करोड र जया बच्चनको ५१ लाख रूपैयाँ को घडि छ। बच्चन दम्पतीसँग ९ लाखको एउटा कलम पनि रहेको छ।
यसअघि अमिताभ बच्चनले आफ्नो कारहरुको संग्रहमा एक नयाँ लग्जरी 'एमपीभि' कार थपेका थिए । अभिनेताले १ करोड ३१ लाख नेपाली रुपैयाँ मर्सिडिज बेन्ज भि क्लास किनेका थिए ।
१२ बर्ष पहिले उपाहरमा पाएको कार रोल्स रोयल फेन्टम उनले बेचेका थिए । सोसँगै उनले मर्सिडिज किनेका हुन् । रोल्स निर्माता विधु विनोद चोपडाले चलचित्र 'एकलव्य'मा शानदार अभिनयको लागि गिफ्ट दिएका थिए । सन् २००७ मा आएको चलचित्र एकलव्यको सुटिङका क्रममा उनलाई महङ्गो कार उपहार दिइएको थियो । सो समय कारको मुल्य साढे ३ करोड भारतीय रुपैयाँ थियो । अमिताभले सो कार भारत कै नाम चलेका व्यपारीलाई बेचेका थिए ।
अमिताभ बच्चन प्राय शहर बाहिर कार ड्राइभमा निस्कन्छन् । निजी जिवनमा उनले रोल्स रोयल फेन्टम निकै समय सम्म प्रयोग गरेका थिए ।