काठमाडौं । अन्तःशुल्क तिर्नुपर्ने करदाताले मासिक विवरण बुझाउनु भन्दा अघि आफ्नो उत्पादनको ब्राण्ड अनिवार्य दर्ता गर्नु पर्ने भएको छ ।
आन्तरिक राजश्व विभागले एक सूचना जारी गर्दै अन्तः शुल्क तिर्नुपर्ने करदाताले मासिक विवरण बुझाउनु अघि कर कार्यालयमा आफ्नो उत्पादनको ब्राण्ड अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था गरेको हो ।
आन्तरिक राजश्व विभागको वेबसाइटमार्फत आफ्नो ब्राण्डको नाम अपलोड गरी राजश्व कार्यालय वा करदाता सेवा कार्यालयमा गई भेरिफाई गराउनुपर्ने विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । ‘सुर्तीजन्य र मदिराजन्य वस्तुका उत्पादकले आन्तरिक राजस्व विभागको वेबसाटमार्फत् ब्राण्ड अपलोड गरी आन्तरिक राजस्व कार्यालय÷करदाता सेवा कार्यालयमा गई भेरिफाइ गराउनुपर्ने’ सूचनामा उल्लेख गरिएको छ ।
त्यस्तै सुर्तिजन्य र मदिराजन्यबाहेक अन्य वस्तुका उत्पादकले अन्तःशुल्क विवरण भर्दाकै अवस्थामा तयारी वस्तुको विवरणसँगै एकपटकका लागि सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट ब्राण्ड भेरिफाइ गराउनुपर्ने सूचनमा भनिएको छ ।