arrow

ज्वरो र खोकी आएर अस्पतालमा भर्ना भएका पुरुषको संक्रमणबाट मृत्यु

logo
प्रकाशित २०७७ भदौ १६ मंगलबार
dead2.jpg

चितवन । चितवन मेडिकल कलेजमा उपचारत थप एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१५ का ५२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार ज्वरो र खोकी आएका कारण यही भदौ १४ गते अस्पतालमा भर्ना भएका उनको १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको मंगलबार बिहान २:५२ बजे उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । चितवनका नौ, मकवानपुरका चार, बारा, गोर्खा, कैलाली र नवलपरासी सुस्तापूर्वका एक-एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । जिल्लामा ७३६ जनामा कोरोना संक्रमण देखिएको छ ।



लोकप्रिय समाचार
नयाँ