arrow

चार दिन अघि संक्रमण पुष्टि भएका रामध्यानको मृत्यु

logo
प्रकाशित २०७७ भदौ १६ मंगलबार
Dead_Body.jpg.jpeg

कलैया । कोरोना संक्रमणबाट बारामा मंगलबार बिहान थप एक जनाको मृत्यु भएको छ । 

कोल्हवी नगरपालिका–६ का ६० वर्षीय रामध्यान चौधरीको गण्डक अस्पताल वीरगञ्जमा उपचारको क्रममा मंगलबार बिहान ४:३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए । 

ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वाब सङ्कलन गरी वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनमा चार दिन पहिला कोरोना संक्रमण पुष्टि भएको थियो । 

कोरोना संक्रमणबाट हालसम्म बारामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । 



लोकप्रिय समाचार
नयाँ