arrow

कोरोना संक्रमितको उपचारका लागि बुटवलमा प्लाज्मा बैंक

logo
नारायण वली,
प्रकाशित २०७७ भदौ १६ मंगलबार
plasma-therapy.jpg

रुपन्देही । कोरोना संक्रमितहरुको प्लाज्मा थेरापी विधिबाट उपचार गर्नका लागि बुटवलमा प्लाज्मा बैंकको मंगलवार (आज) स्थापना गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश नं.५ को समन्वयमा बुटवलको रक्त सञ्चार केन्द्रमा प्लाज्मा बैंक स्थापना गरिएको हो ।

कोरोना संक्रमण बाट गम्भिर स्वास्थ्य समस्या देखिएका बिरामीहरुलाई संक्रमण मुक्त स्वस्थ व्यक्तिले रगत दिएर गरिने उपचारका लागि प्लाज्मा संकलन गर्न प्लाज्मा बैंक स्थापना गरिएको वताईएको छ ।

कोरोना संक्रमित व्यक्ति निको भएको १४ दिन पुगेपछि उसले दिने रगत बाट आरबीसी, डब्लुबीसी र प्लेटलेट्स छुट्याएर बाँकी रहेको रगतको अंश अर्थात् प्लाज्मा जटिल अवस्थामा कोरोना संक्रमितलाई दिँदा निको भएकाले नेपालमा पनि यो विधि प्रयोगमा ल्याईएको भनाई छ ।

कपिलवस्तुको जिल्ला अस्पतालमा रक्तदान कार्यक्रम गरी कोरोना संक्रमण मुक्त व्यक्ति बाट रगत संकलन गरी शुरु गरिएको र संकलित रगतलाई बुटवलको रक्त सञ्चार केन्द्रमा राखिएको छ ।

प्लाज्माले भाइरसको संक्रमणलाई रोकेर निष्क्रिय पारी रोग प्रतिरोधात्मक क्षमता बढाउने हुनाले प्लाज्मा थेरापीलाई कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का संयोजक डा.प्रशान्त आचार्यले बताएका छन् ।



लोकप्रिय समाचार
नयाँ