arrow

२१ सेनासहित २४ संक्रमित

logo
प्रकाशित २०७७ भदौ १६ मंगलबार
nepal-army-new.jpg.jpeg

डोटी । नेपाली सेनाका २१ सहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दिपायल सिलगढी नगरपालिका–४ दिपायल राजपुरस्थित सुल्लेक डाँडामा रहेको नेपाली सेनाको गरुबक्स गुल्ममा कार्यरत २१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए ।  

दिपालय सिलगढी नगरपालिका–६ मा दुई जना र केआईसिंह गाउँपालिका–४ मा एक जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । 

सुदूरपश्चिम प्रदेशमा यति ठूलो सङ्ख्यामा सुरक्षाकर्मी संक्रमण भएको यो पहिलो पटक हो । कोरोना संक्रमण देखिएका सैनिकलाई आइसोलेसनमा राखिएको छ ।



लोकप्रिय समाचार
नयाँ