नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने केसीलाई कोरोना संक्रमण
प्रकाशित २०७७ भदौ १६ मंगलबार
138
Shares
काठमाडौँ । नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जीतबहादुर केसी कोरोना संक्रमित भएका छन् । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीका ७२ वर्षीय उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
दिसामा रगत देखिएपछि केसीलाई काठमाडौँको बयोधा अस्पताल लगिएको थियो । सो अस्पतालमा उपचार गर्नुअघि उनको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको केसीका जेठा छोरा योगेन्द्र केसीले जानकारी दिए ।
केसीको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको टेकु अस्पतालले सोमबार साँझ फोनमा जानकारी गराएको थियो । केसी हाल घरमै आइसोसेलनमा बसिरहेका छन्।
सन् १९७३ मा फिलिपिन्सको मनिलामा सम्पन्न एशियाली एथलेटिक्स च्याम्पियनसीपमा केसीले कास्य पद प्राप्त गरेका थिए। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले प्राप्त गरेको यही नै पहिलो पदक हो । केसीले राष्ट्रिय प्रतियोगितामा पनि एक दर्जनभन्दा बढी स्वर्ण पदक जितेका थिए ।