काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ ।
भारतीय आयल कर्पोरेसन (आइओसी)बाट पेट्रोलको मूल्य वृद्धि भएर आएका कारण प्रतिलिटर २ रुपैयाँका दरले पेट्रोलको मूल्य बढाइएको नेपाल आयल निगमले जानकारी दिएके छ ।
निगम प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७ रुपैयाँ कायम गरिएको छ ।
यसअघि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५ रुपैयाँ रहेको थियो ।
निगम प्रवक्ता उपाध्यायका अनुसार डिजेल, ग्यास लगायतका अन्य इन्धनको मूल्यमा कुनै हेरफेर गरिएको छैन ।