arrow

कोरोनाको हटस्पट बनेका १२ जिल्ला नियन्त्रण गर्न सुझाव

logo
प्रकाशित २०७७ भदौ १६ मंगलबार
covid-test-positive-corona.jpg

काठमाडौँ ।  जनस्वास्थ्यविद्ले ५०० भन्दा बढी कोरोना भाइरस (कोभिड १९) संक्रमण भएका जिल्लालाई नियन्त्रण गर्न सके अरु जिल्लामा फैलन नसक्ने बताएका छन । 

स्वास्थ्य तथा जनसख्या मन्त्रालयमा आयोजित नियमित पत्रकारसम्मेलनमा मंगलबार जनस्वास्थ्यविद् डा. सुरेश तिवारीले १२ जिल्लामा संक्रमण समुदायस्तरमा नै पुगेकोले हटस्टप बनेको भन्दै नियन्त्रण गर्नुपर्ने बताए । 

मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्देही जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेका छन । 

मंगलबार एकै दिन एक हजार ६९ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म ४० हजार ५२९ जनामा संक्रमण देखिएको छ । “ति १२ जिल्ला संक्रमणको हटस्पट भएको छ, त्यहाँ संक्रमण समुदायस्तरमा पुगेको हामीले आकलन गरेका छौ ”, उनले भने ।  

जनस्वास्थ्यविद् डा.तिवारीका अनुसार औसत २२ देखि २४ प्रतिशतले  संक्रमण बढिरहेकोसमेत जानकारी दिए । महिलामा ८ प्रतिशत, बुद्धामा एक प्रतिशतबाट चार प्रतिशत पुगेको छ । 

परीक्षण गरिएकामध्ये ८ देखि ९ प्रतिशतमा संक्रमित बढिरहेको तथ्यांकले देखाएको उनको भनाई रहेको छ । डा. तिवारीले कोभिड १९ कै कारण मुलुकको अर्थतन्त्र ठप्प पार्न नहुने बताए । 



लोकप्रिय समाचार
नयाँ