arrow

सीपीएल क्रिकेटमा सन्दीप लामिछानेलाई विकेट

logo
प्रकाशित २०७७ भदौ १७ बुधबार
sandeep-lamichhane2.jpg

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले हरेक खेलमा विकेट लिन सफल भए पनि उनको टिम जमैका तलाबाजले जित भन्दा हार बढी व्यहोरेको छ ।

मंगलबार राति भएको खेलमा ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित हुँदै जमैकाले ७ खेलमा चौथो हार व्यहोरेको हो ।

ब्रायन लारा स्टेडियममा नाइट राइडर्सले दिएको १८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जमैकाले ६ विकेटको नोक्सानीमा १६५ रन मात्र बनाउन सक्यो ।

आन्द्रे रसेलले २३ बलमा नटआउट ५० रन बनाए पनि टिमलाई जिताउन सकेनन् । ग्लेन फिलिप्सले ३१ बलमा ४१ रन बनाए । फवाद अहमदले २ विकेट लिएका थिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नाइट राइडर्सले ४ विकेटको नोक्सानीमा १८४ रन बनाएको थियो ।

नाइट राइडर्सका लागि कोलिन मुन्रोले ६५ रन बनाए । कप्तान केइरन पोलार्डले १६ बलमा नटआउट ३३ रन बनाए । यस्तै सुनिल नाराइनले २९ तथा लेन्डेल सिमोन्सले २५ रन बनाए । 

जमैकाका कार्लोस ब्रेथवेटले २ विकेट लिए । यस्तै सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए । फिडेल एडवार्डले पनि १ विकेट लिए । यो खेलमा सबैभन्दा किफायती बलिङ सन्दीपले नै लिएका हुन् । 

सन्दीपले ७ खेलमा १० विकेट लिन सफल भएका छन् । उनले ४ खेलमा १–१ तथा ३ खेलमा २–२ विकेट लिएका छन् । 

उनले सबै खेल खेल्न पाएका छन् । 

यो हारले जमैका ६ अंकसहित चौथो स्थानमा झरेको छ । जमैकालाई हराएसँगै नाइट राइडर्सले लगातार सातौं खेलमा जित निकाल्दै १४ अंकसहित शीर्ष स्थानमा रहेको छ । 



लोकप्रिय समाचार
नयाँ