arrow

सनसनीपूर्ण खेलमा इंगल्याण्ड अन्तिम बलमा पराजित 

logo
प्रकाशित २०७७ भदौ १७ बुधबार
pakistan-cricket-england.jpg

काठमाडौं । पाकिस्तान विरुद्धको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट खेलमा इंगल्याण्ड पराजित भएको छ । इंगल्याण्डको घरेलु मैदान म्यान्चेस्टरमा भएको खेलमा पाकिस्तान विजयी भएको हो । 

पाकिस्तान ५ रनले जित निकाल्न सफल भयो । मंगलबार राति भएको खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै ४ विकेटको नोक्सानीमा १९० रन बनायो । 

मोहम्मद हाफिजले ५२ बलमा नटआउट ८६ रन बनाए । हैदर अलीले ३३ बलमा ५४ रन बनाए । इंगल्याण्डका क्रिस जोर्डनले २ विकेट लिए । 

जवाफमा १९१ रनको विजयी लक्ष्य पछ्याएको इंगल्याण्डले ८ विकेटको नोक्सानीमा १८५ रन बनाउन सक्यो । मोइन अलीले ३३ बलमा ६१, टम बान्टनले ३१ बलमा ४६ रन बनाए । 

शहीन शाह अफ्रिदी र वहाब रियाजले २–२ विकेट लिए । 

यो जितपछि सिरिज १–१ को बराबरीमा सकिएको छ । पाकिस्तानी खेलाडी मोहम्मद हाफिज म्यान अफ दि सिरिज भएका छन् । 

पहिलो खेल रद्द भएको थियो भने भने दोस्रो खेलमा इंगल्याण्ड विजयी भएको थियो । 



लोकप्रिय समाचार
नयाँ