डोटी । डोटीमा निषेधाज्ञाको अवज्ञा गरी जथाभावी हिँडडुल गर्नेलाई कारबाही गरिएको छ । मंगलबार दिपायलको पिपल्ला बजारमा सुरक्षाकर्मीले विना कारण बजार तथा सडकमा डुलेको भन्दै सडकमा खाली खुट्टा उभ्याएर कारबाही गरेको हो ।
डोटीमा १४ गतेदेखि २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएकोले यस अबधिमा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र भिडभाड नगर्न आदेश गरेको डोटीका प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराई बताए ।
आदेशको पालना गर्ने गराउने कार्यमा अबरोध गर्नेलाई सक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी भट्टराई हाम्राकुरालाइ जानकारी दिए।
जिल्लामा कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका समयमा अतिआवश्यक खाद्यान्नका पसल बिहान ६ देखि १० बजेसम्म खुल्ने गरेका छन् ।
उक्त समयमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना र भौतिक दूरी कायम गरी संचालन गर्न आदेश गरिएको छ।