arrow

आइपीएल टी–२० खेलका क्रममा २० हजार कोरोना परीक्षण, हरेक पाँच दिनमा सबैको परीक्षण

logo
प्रकाशित २०७७ भदौ १७ बुधबार
ipl-cricket.jpg

काठमाडौं । युएईमा हुने इन्डियन प्रिमियर लिग (आइपीएल) टी–२० खेलका क्रममा २० हजार जनाको कोरोना भाइरसको परीक्षण हुने भएको छ । 

आगामी १९ सेप्टेम्बरदेखि १० नोभेम्बरसम्म हुने प्रतियोगिताका लागि भारतीय क्रिकेट बोर्ड बीसीसीआईले २० हजार कोरोना परीक्षण गराउने योजना बनाएको हो । यसका लागि बोर्डले १० करोड भारु खर्च गर्नेछ । 

खेलका क्रममा हरेक पाँच दिनमा एक पटक सबै खेलाडी तथा स्टाफहरुको कोरोना परीक्षण हुनेछ । 

आइपीएलका ८ टिमबीच ६० खेल शारजाह, दुबई र अबुधाबीमा हुनेछन् । सबै फ्रेन्चाइजीले युएईमा पुगेर क्वारेन्टिन पूरा गरेका छन् । 

उक्त क्रममा चेन्नई सुपर किंगसका २ खेलाडीसमेत गरी १३ जना संक्रमित पाइएका छन् । सबैको दोस्रो टेष्ट भने नेगेटिभ आइसकेको छ । 

युएईको हेल्थकेयर कम्पनीले २० हजार टेष्ट गर्ने समाचार एजेन्सीले बताएको छ । 



लोकप्रिय समाचार
नयाँ