arrow

कोरोना संक्रमित ६५ वर्षीया महिलाको मृत्यु

logo
नारायण वली,
प्रकाशित २०७७ भदौ १७ बुधबार
bhim-hospital2.jpg

बुटवल । भीम अस्पताल भैरहवामा ६५ वर्षीया महिलको मृत्यु भएको छ । भदौ १५ गते कोरोना संक्रमण देखिएपछि सो अस्पतालको आईसोलेसनमा भर्ना भएकी उनको मंगलबार राति ९ः४५ बजे ज्यान गएको हो । 

मृतक महिला पश्चिम नवलपरासीको रामग्राम नपा ५ की भएको अस्पतालका सुचना अधिकारी नारायण पोख्रेलले जानकारी  दिए । 

उनका अनुसार महिला मधुमेह र उच्च रक्तचापकी बिरामीसमेत थिइन् । 

यस्तै उक्त मृतक महिलाको शव व्यवस्थापनका लागि नेपाली सेनासंग समन्वय गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्हसम्म नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या २३९ रहेको जनाएको थियो । 



लोकप्रिय समाचार
नयाँ