काठमाडौं। किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो’ आयोजना हुने भएको छ। ग्लोकल प्रालीको आयोजनामा किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रका अन्य किशोर किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने उद्धेश्यले उक्त हिन हिरो आयोजना गर्न लागिएको हो।
मंगलबारदेखि ग्लोकल टीन हीरो नेपाल, २०२० को आवेदन खुलेको घोषणा गरिएको छ। यस वर्ष ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा डिसेम्बर १२, २०२० मा हुने अनलाईन अवार्ड महोत्सव र सम्मेलन मार्फत घोषणा गरिनेछ।
प्रेस विज्ञप्ति जारी गर्दै भनिएको छ, ‘वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मंच हो जसले किशोर किशोरीहरुका कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्छ। यस उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोरकिशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको छ।’
त्यसैगरी विज्ञप्तिमा भनिएको छ, ‘यतिमात्र नभएर उनीहरुमा उद्यमशील सोच विकास गर्नु एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गर्नु पनि यस कार्यक्रमको लक्ष्य हो । ग्लोकल टिन हिरो लाई दक्षिण एसियली राष्ट्रबिच प्रचार गने लक्ष्य हामीले लिएका छौं।’ नेपालबाट सन् २०१५ मा सुरु भई काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो ।
हालसम्म नेपालका ५ किशोर किशोरीहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो ईन्डिया बाट एकजना सम्मनित भएका छन । साथै २० अण्डर २० छनोट गरेर हाल सम्म ७५ जनालाई सम्मानित गरिएको छ। डिसेम्बर १२ मा ग्लोकल टिन हिरोे नेपाल अन्लाईन आयोजना गरिने भएको छ। शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितिमा यो कार्यक्रम सन्चालन गरिने भएको छ।
ग्लोकल टिन हिरो फेसबुक पेज र बिभिन्न मिडिया टेलिभिजन मार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ। आवेदन खोल्ने पहिलो चरणदेखि ग्लोकल टिन हिरो नेपालको घोषणा सम्पूर्ण अन्लाईन नै सन्चालन हुनेछ।
ग्लोकल प्रालिका संस्थापक आशिष ठाकुर भन्छन्, ‘महामारीको बीचमा यस बर्षको ग्लोकल टीन हीरो कार्यक्रम डिजिटल भइरहेको छ। कार्यक्रमको गति राख्दै र डिजिटल प्रबिधिको उपयोग सगै किशोर किशोरिीहरुको प्रतिभा प्रस्फुट्न एवम उनिहरुको उपलब्धिहरू पहिचान गर्न यसले महत्वपूर्ण भूमिका निर्बाह गर्नेछ।’
देशभरिका प्रभावशाली किशोरकिशोरी आफैंमा एउटा नयाँ सोच, विचार एवं सम्भावना तथा समाज परिबर्तनका नबिन आयाम बोकेका हुन्छन्। सानै उमेरमा पनि ठुलठुला सपना एवं नविन प्रयासका कामहरुले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठुलो हुनुपर्छ भन्ने कुरा बयान गरेको पाईन्छ।
समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगयता बिविन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरीहरुले https://nepal.glocalteenhero.com/ मार्फत आबेदन भर्न सक्ने छन।
पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तवार्ता र दस्ताबेज समीक्षाको आधारमा ग्लोकल २० अन्डर २० को घोषणा गरिने छ। त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्वार्ता हुनेछ र २०२० को विजेता घोषणा गरिने छ।
अन्तिम स्क्रीनिंग र साक्षात्कार अनलाइन मार्फत हुनेछ र निर्णायक टोलीमा अब्दुल्ला टुन्सर केइसी (टर्कीस एयरलाइन्सका महाप्रबन्धक), उज्ज्वल श्रेष्ठ (पञ्चकन्या समूहका कार्यकारी निर्देशक), रितु एस वैद्य (प्रबन्ध निर्देशक, युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.), राहुल चौधरी (चौधरी समूहका कार्यकारी निर्देशक) र अनिल चित्रकार (सिद्धार्थ इंकका अध्यक्ष) रहने विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन हामीसँग विभिन्न संघसंस्थाहरु साझेदारका रुपमा जोडिनु भएको छ। ग्लोकल प्रालिले शीर्षक साझेदारको रूपमा वाईवाईसँग साझेदारी गरेको छ, रणनीतिक साझेदारको रूपमा भारतीय दूतावास र युरोपेली संघ, पहल साझेदारको रूपमा सोल्टी क्राउन प्लाजा, भ्यालुएबल पार्टनरका रुपमा कोका कोला, होन्डा, टोयोटा, पंचकन्या, डोल्मा, डिश होम, फाइबरनेट र डब्ल्यूडब्ल्यूएफ नेपाल, आतिथ्य पार्टनरः कोजी होम बीएन्डबी, एयरलाइन्स पार्टनरः टर्किर्श एयरलाइन्स, एजुकेसन पार्टनरमा किंग्स कलेज, चेल्सी र विद्या संस्कार, पीआर पार्टनर भी–र समर्थकमाः वर्ल्ड लिंक, ईसेवा, डिश होमगो, युवा, नेपाल युवा परिषद, आयोजन, क्विक्स, भ्यू योअर च्वाइस, जेनेसिस क्लाउड एकेडेमी, युथ क्यान रहने छन्।
ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन घोषणा
ग्लोकलले सेप्टेम्बर १ कै दिन ग्लोकल अन्तर्राष्ट्रिय टिन सम्मेलनको पनि घोषणा गरेको छ। राष्ट्रिय विकासका बाधाहरु र संसारका विविन्न मुद्धाहरुलाई बुझ्न किशोरकिशोरीहरुको लागि यो एक मौकाको रुपमा आयोजना गर्न लागिएको विज्ञप्तिमार्फत जनाइएको हो। यस सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय किशोरकिशोरीहरुको अनलाईन उपस्थिति रहने छे। यस वर्षको सम्मेलन ग्लोकलको चौथो संस्करण हुनेछ र देश तथा विदेशका किशोर किशोरीहरुको एकै मन्चमा उपस्थित हुने छन्। उक्त सम्मेलनमा किशोरकिशोरीको अनुभव, विचार छलफल तथा ३ छुट्टाछुट्टै विषय उद्यमशीलता, सशक्तिकरण तथा सामाजिक दृष्टिकोणमा प्यानल छलफल गरिनेछ।
उक्त कार्यक्रम पनि अनलाईन नै सञ्चालन गरिने छ र यस कार्यक्रमको आवेदन खोलिएको घोषणा पनि पत्रकार सम्मेलन मार्फत जानकारी गरिएको थियो। अनलाईन आवेदन https://gitc.glocalteenhero.com/मार्फत निःशुल्क भर्न सकिन्छ्र।