arrow

रुपन्देहीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु 

logo
नारायण वली,  
प्रकाशित २०७७ भदौ १७ बुधबार
118764262_625939634952745_4.jpg

रुपन्देही । कपिलवस्तु नगरपालिका वडा नं ११ की ६० वर्षीया एक कोरोना भाइरस संक्रमित महिलाको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको छ । 

भदौ ७ गते कोरोना भाईरस (कोभिड–१९) संक्रमण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएकी महिलालाई थप उपचारका लागि कोरोना विशेष अस्पतालको आईसियु सघन कक्षमा उपचारारत रहेका अवस्थामा बुधबार बिहान ९ः१५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जनाएका छन् ।

अस्पतालका अनुसार मृतक महिलामा ज्वरो, श्वासप्रश्वास र दीर्घ रोग ब्लड प्रेसर भएको अस्पतालद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
नयाँ