arrow

पोखरामा २० प्रहरीसहित २३ जना कोरोना संक्रमित, स्वास्थ्यकर्मी पनि परिन्

logo
हरि पन्त,
प्रकाशित २०७७ भदौ १७ बुधबार
coronavirus-hamrakuras1.jpg

पोखरा । पोखरामा बुधबार एकै दिन २३ जना कोरोना संक्रमित थपिएका छन् । जसमा २० जना नेपाल प्रहरीमा कार्यरत छन् । उनीहरु सबै पुरुष प्रहरी हुन् । 

अन्य पोखरा १४ मा दुई जना र पोखरा १३ मा एक जना संक्रमित भेटिएका छन् । 

योसंगै गण्डकी प्रदेशमा ३६ जना संक्रमित थपिएका छन् । जसमा तनहूँमा दुई जना, लमजुङमा चार जना, नवलपरासी पूर्वमा सात जना कोरोना संक्रमित भेटिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

तनहूँमा भेटिएकी एक जना महिला संक्रमित पोखरास्थित पार्क ल्याण्ड अस्पतालकी स्टाफ नर्स भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए । 

गण्डकी प्रदेशमा कूल कोरोना संक्रमितको संख्या २२ सय ४६ जना पुगेका छन् ।



लोकप्रिय समाचार
नयाँ