तौलिहवा । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुको कृष्णनगर नगरपालिका वाड नम्बर ११ रामनगरकी ७० बर्षिया सोनमति कुर्मीको बुधवार बिहान मृत्यु भएको छ ।
उनी लामो उक्त रक्तचापकी बिरामी थिइन् । उपचारकै क्रममा गत भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थय कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
उनको बिहान ९ः१५ बजे ज्यान गएको हो । यससंगै कपिलवस्तुमा कोरोनाबाट मृत्यु हुने संख्या चार पुगेको छ ।
मृत्यु हुनेमा ३ पुरुष र एक महिला हुन् । कपिलवस्तु नगरपालिकामा २, मायादेबी गाउँपालिकामा एक र कृष्णनगर नगरपालिकामा एक जना मृत्यु भएको हो ।