काठमाडौं । सुपरस्टार अक्षय कुमार र अजय देवगनले एकै वर्ष बलिउडमा डेब्यू गरेका हुन् । सन् १९९१ मा 'सौगन्ध' बाट अक्षय कुमार र 'फूल और काँटे'बाट अजय देवगनले बलिउडमा डेब्यू गरे ।
'सौगन्ध' को मुख्य अभिनेता रूपमा अक्षयको पहिलो फिल्म बक्स अफिसमा फ्लप साबित भयो। भने सोहि बर्ष अजय देवगनलाई पहिलो फिल्म 'फूल और काँटे'ले रातारात स्टार बनाएको थियो । तर रमाइलो कुरा अजयभन्दा पहिले अक्षय कुमारलाई ''फूल और काँटे' मा अभिनयको लागि प्रस्ताव गरिएको थियो ।
रोहित शेट्टीको चलचित्र 'सूर्यवंशी' मा अक्षय र अजयले सँगै अभिनय गरेका छन्। अजयले 'फूल और काँटे' मा उनलाई रिप्लेस गराएको फिल्मको ट्रेलरको रिलिजमा अक्षयले भनेका थिए । अक्षयले भने, 'हामी दुवैले सँगै आफ्नो करियर शुरू गरेका थियौं । हामी दुबैले एकै फिल्मका लागि लडेका थियौ। मलाई पहिलो फिल्म 'फूल और काँटे' मा अजयले निकालेका थिए। '
अक्षयले केही वर्ष अघि एउटा अन्तर्वार्तामा आफु 'फूल और काँटे' मा रहेको स्विकारेका थिए । उनले भनेका थिए, 'म सोनी सुपर साउन्ड (रेकर्डि स्टुडियो) मा नदीम-श्रवणसंग म्यूजिक सेशनमा बसिरहेको थिएँ। ती दिनहरूमा हरेक गीतमा ३०-४० भोइलिनवादकहरू हुन्थे। अहिले त हामी गीत एकछिनमा रेकर्ड गरेर सक्छौ। रातमा म पहिलो दिनको सुटिङको लागि तयार भइरहेको थिएँ । त्यस समय मलाई फोन आयो, तपाई न आउनु होला अर्को कोही आउँदैछ। '
अक्षय कुमार फिल्म अभिनेता बन्नुभन्दा पहिले एक मोडेल थिए । त्यो साँझ पनि उनी बंगालोर मोडेल कोर्सका लागि जाँदै थिए। सो समय मेकअप म्यानन प्रमोद चक्रवर्तीको कम्पनीले उनलाई अभिनेता बन्न प्रताव गरेको थियो । अक्षयले उनलाई आफ्नो पोर्टफोलियो देखाए र तुरून्त तीन फिल्महरूको लागि प्रस्ताव मिल्यो।
अक्षय भन्छन् , 'म अचम्ममा परें। प्रमोद चक्रवर्तीले मलाई तुरून्त तीनवटा फिल्मका लागि साइन गराए। पहिलो फिल्मका लागि उनले मलाई ५ हजार, दोस्रो ५० हजारलाई र तेस्रो फिल्मलाई १.५० लाख रूपैयाँको चेक दिएका थिए । जब उनले मलाई चेक दिएका थिए त्यो साँझको ६ बजेको थियो। यदि म बेंगलुरु गएको भए, यो मेरो लागि अर्कै हुने थियो । आज म कतै अवकाशप्राप्त मोडेल हुने थिएँ। त्यसैले जे हुन्छ राम्रैका लागि हुन्छ। '