arrow

कंगनाले गरिन् बलिउड स्टारहरुको रगत जाँचको माग

logo
प्रकाशित २०७७ भदौ १७ बुधबार
kangana.jpg

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत आफ्नो बयानका कारण सथै विवादमा तानिन्छिन् । अभिनेता सुशांत सिंह राजपूतको मृत्युपछि उनी लगातार बलिउड सेलिब्रेटीहरूलाई लक्षित गर्दै निशाना साधि रहेकी छन् । हालै उनले बलिउड स्टारहरुको रगत जाँचको  माग गरेकी छन् । 

कंगना रनौतले रणविर सिंह, रणबीर कपूर, आयन मुखर्जी, विक्की कौशिक बिरूद्ध कडा ट्वीट गरेकी छन्। कंगनाले बलिउड स्टारहरुको ड्रग्स परिक्षणको लागि रगतको नमूना लिन माग गरेकी छन् । उनले चारै जनामा कोकिनको लत रहेको जिकिर गरेकी छन् । उनको ट्विटमा भारतीय प्रधानमन्त्रीलाई मेन्सन गरिएको छ । 

यसअघि करण जोहरले घरमा पार्टीमा कलकारहरुले ड्रग्स लिएको भनि भिडियो सार्वजनीक भएको थियो । रणबीर कपूर, विक्की कौशल, शाहिद कपूर, अर्जुन कपूर, मलाइका अरोडा, दीपिका पादुकोण र वरुण धवनलगायत थुप्रै बलिउड स्टारहरू यस पार्टीमा पुगेका थिए।  सो पार्टीको एक भिडियो करण जोहरले उनको सोशल मिडिया एकाउन्टमा शेयर गरेका थिए । भिडियो भाइरल भएपछि पार्टीमा स्टारहरुले ड्रग्स लिएको आरोप लगाइएको थियो । 

यसअघि  कंगनाले रणबीर कपूरलाई स्कर्ट चेन्जर र दीपिका पादुकोणलाई 'साइको' भनेकी थिइन्। एक व्यक्तिको ट्वीटको जवाफमा, कंगना रनौतको टिमले लेखेकी थिइन्, 'रणबीर कपूर एक सीरियल स्कर्ट चेजर हुन्, तर कसैले उनलाई बलात्कारी भनेका छैनन्, दीपिका मानसिक रोगीकी बिरामी हुन्, तर कसैले उनलाई साइको वा बोक्सी भन्दैनन्, यो उपनाम केवल सामन्य बाहिरी मानिसहरुका लागि आरक्षित छ जो सानो शहर र नम्र परिवारबाट आएका छन् । '



लोकप्रिय समाचार
नयाँ