पोखरा। पोखराबाट मुग्लिनतर्फ जाँदै गरेको मिनिट्रक मर्स्याङ्दी नदीमा खसेर बेपत्ता भएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐना पहरा नजीकबाट ट्रक मर्स्याङ्दी नदीमा खसेको हो ।
आज बिहान मर्स्याङ्दी नदीमा खसेको मिनी ट्रकको खोजी शुरु गरिएको छ । सशस्त्र प्रहरी टोलीले नदीमा खसेको मिनी ट्रकको खोजी शुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहूँका डिएसपी युवराज तिमिल्सिनाले पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको ट्रक सडकको कल्भर्ट भाँचेर नदीमा खसेको जानकारी दिए ।
“सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी शुरु गरिसकेको छ, केही बेरमा थप विवरण आउँछ”, उनले भने । तिमिल्सिनाका अनुसार सिसिटिभी फुटेजमा बिहानको दृश्य हेर्दा पोखराबाट जाँदै गरेको मिनी ट्रक बाटामा देखिएको थियो । ट्रकमा कति मानिस थिए भन्ने कुरा पुनि खुल्न सकेको छैन ।
ट्रक खसेको ठाउँ निकै जोखिमयुक्त रहेकाले खोजी कार्यमा समस्या भएको उनले बताए । उनले भने, ‘सडकको छेउमा राखिएको ८/१० वटा कल्भर्ट नै भत्काएर ट्रक नदीमा खसको देखिन्छ । अहिले खोज्ने प्रयास असफल भएको छ । अर्को गोताखोरको टोली बोलाइएको छ ।