arrow

दुई कर्मचारीमा कोरोना देखिएपछि रक्तसञ्चार केन्द्र ‘सिल’

logo
प्रकाशित २०७७ भदौ १७ बुधबार
blooddonor.jpg

चितवन । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि केन्द्र ‘सिल’ गरिएको छ । 

केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार चालक र प्राविधिकलाई संक्रमण देखिएको हो । यससँगै आज बिहानदेखि केन्द्र सिल गरिएको उनले जानकारी दिए । 

केन्द्रलाई पूर्णरुपमा निर्मलीकरण र कर्मचारीलाई कन्ट्याक्ट ट्रेसिङ गरेसँगै केन्द्र सञ्चालनमा आउने पौडेलले जानकारी दिए ।

 पौडेलले विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिकालाई पूर्ण पालना गरेर निर्मलीकरण गरिने जानकारी दिए । 

तत्काल रगत चाहिने बिरामी प्रभावित भएका छन् ।   



लोकप्रिय समाचार
नयाँ