arrow

हराएका गोमनसिंह मृत अवस्थामा फेला, हत्याको आशंका

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ भदौ १७ बुधबार
dead2.jpg

झापा । झापाको शिवसताक्षी नगरपालिका वडा न ११ सताक्षीधाम जाने बाटोमा एक युवा मृत फेला परेका छन ।

मृतक शिवसताक्षी मैनाचुलीका २८ बर्षीय गोमनसिंह मगर रहेको र उनी मंगलबारदेखि वेपत्ता रहेको प्रहरीले जनाएको छ ।

हराइरहेका मगर आज (बुधबार )१० बजे मृत अवस्थामा फेला परेका छ्न । मृत अवस्थामा उनलाइ रतुवामाई वृक्षारोपणका वन रक्षकले देखेर प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । 

मगरको घाँटी तथा शरीरको विभिन्न भागमा चोट रहेको छ । घटनाको अवस्था हेर्दा मगरको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । 

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
नयाँ