काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११ सय २० जनामा कोरोना संक्रमण भेटिएको छ ।
स्वास्थ तथा जनसँख्या मन्त्रालयका अनुसार मुलुकभरि कोरोना संक्रमितको उक्त सँख्या थपिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गराएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ सय २० जना महिला र ८ सय जना पुरुष गरी कुल ११ सय २० जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको सँख्या ४१ हजार ६ सय ४९ जना पुगिसकेको छ ।
पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।