arrow

१२ जनाको मृत्यु, साढे दुई सय नाघ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १७ बुधबार
corona-nepal-ministry.JPG

काठमाडौं । कोरोना भाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा १२ जना नेपालीको मृत्यु भएको छ ।

स्वास्थ तथा जनसँख्या मन्त्रालयका अनुसार ६ जना महिला र ६ जना पुरुष गरी १२ जनाको मृत्यु भएको हो ।


यो सँगै नेपालमा मृत्यु हुनेको सँख्या साढे २ सय नाघेको स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका डा. जागेश्वर गौतमका अनुसार बुधबार दिउँसोसम्म नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सँख्या २ सय ५१ पुगेको छ ।

११ सय २० जना नयाँ संक्रमित

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ११ सय २० जनामा कोरोना संक्रमण भेटिएको छ ।

स्वास्थ तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गराएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ सय २० जना महिला र ८ सय जना पुरुष गरी कुल ११ सय २० जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको सँख्या ४१ हजार ६ सय ४९ जना पुगिसकेको छ ।

पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
नयाँ