काठमाडौं। तालिबान लडाकू र अफगानी सेनाबीच भएको झडप र आक्रमणका घटनाहरु करिब दैनिक समाचार बन्ने गरेका छन् । त्यसैगरी पछिल्लो समय अफगानी तालिबान र पाकिस्तानी सेनाबीच दुरन्द लाइनमा पनि झडप र गोली हानाहानको स्थिति सिर्जना भएको छ ।
दुरन्द लाइन अफगानिस्तान र पाकिस्तानको अन्तर्राष्ट्रिय सीमा रेखा हो । गत साता अफगानी तालिबानले पाकिस्तानका सैनिकलाई मारेको दाबी गरेको थियो ।
खैबर पख्तुनख्वाका नागरिकहरु अहिले फेरि त्रसित बनेका छन् । पाकिस्तानले अहिले उक्त क्षेत्रमा स्वयं हिंसाको स्थिति उब्जाउँदै दोहोरो भूमिका खेलेको आरोप पनि अफगानिस्तानको छ ।
अफगानिस्तानमा अस्थिरता निम्त्याउनका लागि पाकिस्तानले तालिबानलाई प्रायोजन गरिरहेको तथा आईएसआईएस-खोरासनलाई पनि लगानी गरिरहेको अफगानिस्तानको आरोप छ ।
पाकिस्तानका लागि अमेरिकी प्रतिनिधि जालमे खालिलजादका अनुसार दुबै संगठनहरु एक अर्काको "घातक दुश्मन हुन् । आईएसआईएसविरूद्धको युद्धमा तालिवानले महत्वपूर्ण भूमिका खेलेको थियो ।
एक वर्षभन्दा बढी समयदेखि पाकिस्तानमा पनि तालिबानले राम्रो प्रभाव जमाएका छन् । यी विभिन्न द्वन्द्व, झडप र हिंसाका कारण दुरन्द लाइनमा रक्तपात बढेको अवस्थामा त्यस क्षेत्र वरपरका बासिन्दाहरु बाध्य भएर जिहादी बन्ने स्थिति सिर्जना हुने अनुमान सामरिक महत्वका जानकारहरु बताउँछन्।