जम्मु काश्मिरमा खेलकुदले पूनर्जीवन पाउँदै, श्रीनगरमा बृहत फुटबल रंगशाला निर्माण हुँदै
एजेन्सी,
प्रकाशित २०७७ भदौ १७ बुधबार
152
Shares
काठमाडौं। अन्तर्राष्ट्रिय खेलहरू आयोजना गर्ने लक्ष्यसहित जम्मु काश्मिरको श्रीनगरमा बख्शी फुटबल स्टेडियमको निर्माण कार्य द्रुत गतिमा भइरहेको छ । स्टेडियम १८ हजार सिट क्षमता क्षमता रहने अपेक्षा गरिएको छ ।
जम्मू कश्मीर प्रशासनले ५० करोड बजेटमा राष्ट्रिय परियोजना निर्माण निगम (एनपीसीसी) अन्तर्गत फिफा मापदण्डसहित अन्तर्राष्ट्रिय फुटबल स्टेडियम बनाउन लागेको हो ।
कोभिड-१९ महामारीका कारण निर्माण कार्य रोकिए पनि लकडाउनका मापदण्डहरु सहज बनाइएसँगै निर्माण पुनः सुरु गरिएको भारतीय मिडियाले जनाएका छन् ।
साइट इन्चार्ज अर्शीद हुसेनले बख्शी स्टेडियमको विकास फिफाको आधारमा भइरहेको बताए । "हामी श्रीनगरमा टीआरसी टर्फ मैदानजस्ता सिन्थेटिक ट्र्याक निर्माण गर्दैछौं," हुसेनले भने ।
हुसेनले भने, "यस स्टेडियमको सिट क्षमता १८ हजार हुनेछ । यसमा आठ लेनको एथलेटिक्स ट्र्याक पनि सामेल हुनेछ ।"
मुख्य रंगशाला विस्तार गरिने छ जसमा भीआईपी र भीभीआईपी लाउन्ज र ड्रेसिंग कोठा समावेश हुने छ ।
अधिकारीहरूले पार्किङ सुविधाका लागि मुख्य सडक चौडा गर्ने पनि योजना गरेका छन् । इलेक्ट्रिकल सुविधाले रंगशाला सजिनेछ । खानेपानी र ढल निकासको साथ फिफा मापदण्ड अनुसार मैदान तयार गरिनेछ," उनले भने ।
त्यसैगरी खेलप्रेमी युवाहरुलाई सही दिशामा डोर्याउनका लागि जम्मु काश्मिरको गान्दरेबल जिल्लाको वाकुरामा अत्याधुनि सुविधासहितको रंगशाला निर्माण गरिएको छ ।
ब्लक विकास काउन्सिलका प्रमुख गुलाम मोद मलिकले भने, "यस क्षेत्रमा खेल गतिविधिको प्रबर्द्धनका लागि वाकुरा रंगशालाले महत्वपूर्ण भूमिका खेल्ने भएको छ । जिल्लामा रहेका अवसर नपाएका तर खेल प्रतिभा भएकाहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् ।"
उनले थपे, "यस ब्लकको प्रमुख भएको म आठ महिना भएको छ । मलाई के महसुस भएको छ भने यस क्षेत्रका युवाहरु खेल क्षेत्रमा निकै राम्रा छन् । उनीहरुलाई राम्रो खेलमैदानको आवश्यकता छ । त्यो खेलमैदान १३. २४ लाखमा निर्माण भइरहेको छ ।"
रंगशाला निमार्णमा सकारात्मक विकास भइरहेको छ । जम्मु काश्मीर केन्द्र शासित राज्य भएपछि अहिलेसम्म उपयुक्त तवरमा खेल क्षेत्रको विकासका लागि रकम निकासा भइरहेको छ ।
गत वर्ष ५ अगस्टमा जम्मु काश्मीररका लागि भनिएको संविधानको धारा ३७० खारेज गरेपछि जम्मु काश्मीरमा व्यापक विकासका कामहरुसँगै खेलकुदको पूर्वाधारहरुको पनि निर्माण भइरहेका छन् ।
उक्त खेल मैदान निर्माणको विषयलाई लिएर स्थानीय खेलाडीहरु पनि निकै खुसी भएका छन् । एक स्थानीय खेलाडीले भने, "सरकारले धेरै राम्रो काम गरिरहेको छ । रंगशाला निमार्णको काम तीव्ररुपमा अघि बढिरहेको छ । अधिकारीहरुले सुविधा बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । यो निकै चाँडै सम्पन्न हुनेछ ।"
अर्का एक खेलाडीले भने, "यो निकै ठूलो प्रयास हो । हामीसँगै निकै ठूलो खेलमैदान हुनेछ । सरकारले यहाँ सुविधा विस्तार गरिरहेको छ ।"