काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को नेतृत्वमा बनिरहेका खोप विकासमा अमेरिका सामेल नहुने भएको छ। डब्लुएचओले विश्वभरका १ सय ७२ देशसँग मिलेर खोप विकास र त्यसको सुरक्षाको ग्यारेन्टी भइसकेपछि जनमानसमा खोप पुर्याउने योजना अमेरिका सामेल नहुने भएको हो।
ह्वाइट हाउसका प्रवक्ता जड डिरेले एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको नियन्त्रण गर्नका लागि अमेरिका अन्र्तराष्ट्रिय संस्थाहरुसँग सहकार्य गरेर अघि बढ्ने तर, भ्रष्ट विश्व स्वास्थ्य संगठन र चीनसँग मिलेर भने काम नगर्ने बताएका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड टूम्पले विश्वस्वास्थ्य संगठनले चीनसँग मिलेर अनेकौं किसिमका रणनीतिहरु अपनाएको आरोप लगाएका छन्।