काठमाडौं। बुधवार जापानको नारिता एयरपोर्टबाट साँढे ५ बजे नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेको नेपाल एयरलाइन्सको विमानमा एक यात्रुको पीसीआर रिपोर्ट नपाइएपछि बाँकी २४९ जना यात्रुले सास्ती पाएका छन्।
सरकारले विदेशबाट आउने यात्रुले लागि ७२ घण्टा अघीको पीसीआर रिपोर्ट देखाउन अनिवार्य गरेको छ। तर जापानबाट आउने ती महिला यात्रुको पीसीआर रिपोर्ट नहेरी स्वदेश फर्काएपछि अहिले बाँकी अरु यात्रुले सास्ती पाएका हुन्।
चार्टड फ्लाईटमा आएका २५० जना यात्रुहरुमा ति महिला बाहेक सबैले पीसीआर रिपोर्ट गरेका थिए । तर ती महिलाले भने पीसीआर रिपोर्ट नगरी आरडीटी परिक्षणको रिपोर्ट लिएर आएकी थिएन । आरडीटी गरेर आउने महिलाका कारण पीसीआर रिपोर्ट लिएर आएका अन्य सबैसमेत अहिले होल्डिङ सेन्टरमा बस्न वाध्य भएको एक यात्रु सृष्टी पाण्डेले बताइन।
आएका यात्रुहरु मध्ये अलग अलग प्रदेशका व्यक्तिहरुलाई अलग अलग होल्डीङ सेन्टरमा राखिएको थियो। प्रदेश ५का यात्रुहरुलाई चण्डोलको कुण्डलिनी बैक्वेटको होल्डीङ सेन्टरमा राखिएको छ।
जापानबाट फ्रुटी, स्याउ र पानी मात्र खुवाएर ल्याएको नेपाल वायुसेवा निगमले मध्यरातीसम्म होल्डी सेनटरमा राखेर होटलमा समेत नलगेको यात्रुहरुको गुनासो छ । अब सबैको पिसीआर गर्नेकी घर पठाउने भन्ने पनि अन्यौल रहेको उनीहरुले बताए। विदेशबाट आउने यात्रुहरुको बारेमा सरकारले बनाएको मापदण्ड निगमले फलो नगर्दा अन्य बाँकी यात्रुहरुले दुख पाएको उनीहरुले गुनासो गरे ।