काठमाडौं । भारतमा भारतमा बुधबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । बुधबार ८२ हजार ८६० जना संक्रमित थपिएका हुन् ।
मंगलबार ७८ हजार १६९ जना संक्रमित थपिएका थिए । सोमबार ६८ हजार ७७० जनालाई कोरोना लागेको थियो । आइतबार सबैभन्दा बढी ७९ हजार ४५७ जनालाई संक्रमण भएको थियो ।
शुक्रबार ७६ हजार ६६५ र बिहीबार ७६ हजार ८२६ जना संक्रमित भेटिएका थिए । अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ३८ लाख ४८ हजार ९६८ पुगेको छ । हाल ८ लाख १३ हजार ४८९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
बुधबार ६७ हजार ८७४ जनालाई निको भएको छ । यो हालसम्मकै सबैभन्दा बढी हो । मंगलबार ६२ हजार १४४ जनालाई निको भएको छ । सोमबार ६४ हजार ४३५ जनालाई निको भएको थियो । हालसम्म २९ लाख ६७ हजार ३९८ जनालाई निको भइसकेको छ ।
बुधबार १ हजार २६ जनाको ज्यान गएको छ । मंगलबार १०२७ जनाको ज्यान गएको थियो । सोमबार ८१८ जना, आइतबार ९६० जना, शनिबार ९४३ जनाको ज्यान गएको थियो । अहिलेसम्म भारतमा ज्यान जानेको संख्या ६७ हजार ४८६ पुगेको छ ।
यस्तो छ बिहारको हाल
नेपालको सीमा जोडिएको भारतीय राज्य बिहारमा पनि कोरोनाको संक्रमण बढ्दो छ । बिहारमा बुधबार १ हजार ९६९ जना संक्रमित थपिएका छन् ।
त्यहाँ बुधबार मात्रै एक लाख २७ हजार ४०४ जनाको परीक्षण भएको थियो । त्यति धेरै संख्याको परीक्षणमा १ हजार ९६९ जना संक्रमित पाइएका हुन् ।
हालसम्म बिहारमा १ लाख ४० हजार २३४ जना संक्रमित पाइएका छन् । हाल १६ हजार १०७ जना मात्र सक्रिय संक्रमित रहेका छन् ।
बुधबार मात्रै १ हजार ८०३ जना संक्रमण मुक्त भएका छन् । हालसम्म १ लाख २३ हजार ४०४ जनालाई निको भइसकेको छ ।
अहिलेसम्म ७२२ जनाको ज्यान गएको छ । बुधबार मात्रै १३ जनाको ज्यान गएको थियो ।
अहिलेसम्म ३४ लाख ३० हजार १२४ जनाको परीक्षण भइसकेको छ ।
संक्रमित निको हुने दर ८७.९ प्रतिशत रहेको छ । त्यस्तै मृत्यु ०.५ प्रतिशत रहेको छ ।