arrow

दिलीप कुमारको घरमा शोक, दुवै भाइको कोरोनाबाट मृत्यु

logo
प्रकाशित २०७७ भदौ १८ बिहिबार
dillip-kumar.png

काठमाडौं । बलिउडका सुपरस्टार दिलीप कुमारको परिवार पुन: शोकमा डुबेको छ । उनका अर्का भाई एहसान खानको मृत्यु भएको छ।  कोरोना भाइरसबाट संक्रमित ९२ वर्षिय एहसान खानको मुम्बईको लीलावती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो  ।

संक्रमित एहसान खान हृदय रोग, उच्च रक्तचाप र अल्जाइमरबाट ग्रस्त थिए। बुधबार राती ११ बजे उनले अन्तिम सास लिए।

एहसान खानको मृत्युको बारे जानकारी दिदै लीलावती अस्पतालले राती एक विज्ञप्ति जारी गरेको थियो। अस्पतालका अनुसार उनी कोभिड १९ बाट संक्रमित थिए । उनलाई मुटु रोग, उच्च रक्तचाप र अल्जाइमर रोग थियो। 

एहसान खानभन्दा पहिले दिलीप कुमारका अर्को भाई असलम खानको ८८ बर्षको  उमेरमा निधन भएको थियो । उनी पनि कोभिड १९ भाइरसबाट संक्रमित थिए। 

असलम खानलाई पनि मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको थियो। असलम खानलाई मधुमेह, उच्च रक्तचाप र इस्कीमिक हृदय रोग थियो। उनको कोभिड १९ परिक्षण पोजेटिभ देखिएको थियो।

दिलीप कुमारका दुवै भाईलाई सास फेर्न समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो। जहाँ  दुबै कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको थियो। असलम खानको मृत्युपछि एहसान खानलाई लीलावती अस्पतालमा भर्ना गरिएको थियो। उनको अवस्था नाजुक रहेको थियो। 

अस्पतालका डाक्टरले भनेका थिए, एहसान खानको अवस्था राम्रो छैन र शरीरले काम पनि गरिरहेको छैन। उनको शरीरमा पहिले नै अक्सिजनको अभाव रहेको छ,  कोरोना भएपछि उनलाई सास फेर्न गाह्रो भइरहेको छ।



लोकप्रिय समाचार
नयाँ