arrow

कोरोनाका कारण यस वर्ष डाँगीहाट गोल्डकप नहुने

logo
प्रकाशित २०७७ भदौ १८ बिहिबार
football7.jpg

बेलबारी । डाँगीहाट युथ क्लबले हरेक वर्ष मोरङको लक्ष्मीमार्गमा आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय आमन्त्रण लक्ष्मीमार्ग गोल्डकप यस वर्ष नहुने भएको छ । 

कोरोना संक्रमण महामारीको जोखिम बढ्दै गरेको र सरकारले समेत मानिस धेरै जम्मा हुने खेलकुद जस्ता क्रियाकलापलाई रोक लगाएको अवस्थालाई ध्यानमा राखेर गोल्डकप स्थगित गरिएको क्लबले जनाएको छ । 

क्लबले बुधबार एक सूचना प्रकाशित गर्दै भदौमा आयोजना हुँदै आएको गोल्डकप स्थगित गरेको जानकारी गराएको हो । 

क्लबका अध्यक्ष विक्रम राई र सचिव ज्ञानुराज राईद्धारा हस्ताक्षरित सूचना जारी गरेर गोल्डकप स्थगित भएको क्लबले जानकारी दिएको हो ।



लोकप्रिय समाचार
नयाँ