काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत वेबसाइट ट्वीटरको एकाउन्ट ह्याक भएको छ । ह्याकरले उक्त एकाउन्ट ह्याक गरेर प्रधानमन्त्री राहत कोषमा दान गर्न अपीलसमेत गरेको बताइएको छ ।
बिहीबार बिहानै गरिएको ह्याकबाट थुप्रै त्यस्ता ट्वीट पनि गरिएका छन् । बताइएको छ कि राहत कोषमा दान क्रिप्टो करेन्सी बिटक्वाइनमा मागिएको छ । हाल भने यो ट्वीट तत्काल हटाइएको समेत भारतीय संचारमाध्यमहरुले बताएका छन् ।
ट्वीटरले उक्त स्थितिको निकै तीव्र गतिमा अनुसन्धान गरिरहेको जनाएको छ ।
ह्याकरले एक अन्य ट्वीट पनि लेखेको छ, ‘यो एकाउन्ट जनविक (hckindia@tutanota.com) ले ह्याक गरेको हो । हामीले पीटीएम मल ह्याक गरेका हैनौ ।’
ह्याक कतिबेला भयो भन्ने निश्चित समय खुलाइएको छैन । समाचार एजेन्सी रोयटर्सका अनुसार ट्वीटरले यो एकाउन्ट ह्याक भएको पुष्टि गरेको हो । ट्वीटरका प्रवक्ताले इमेलबाट दिएको जवाफमा ‘ह्याक भएको खातालाई सुरक्षा गर्नका लागि कदम चालिएको छ । हामीले स्थितिको तीव्र तरिकाले जाँच गरिरहेका छौं । अहिले हामीलाई अर्को एकाउन्ट हानी गरिएको कुनै जानकारी प्राप्त भएको छैन ।’
भारतीय प्रधानमन्त्री मोदीको व्यक्तिगत वेबसाइट narendramodi.in को ट्वीटर एकाउन्ट @narendramodi_in का २५ लाख भन्दा बढी फलोअर्स छन् ।
यसअघि जुलाईमा धेरै नै चर्चित व्यक्तिहरुको एकाउन्ट ह्याक भएको थियो । यो सबै बिटक्वाइनको अपराध भएको पनि बताइन्छ ।
बिटक्वाइन एक भर्चुअल करेन्सी हो । यसको लेनदेन केबल अनलाइनमा हुन्छ । यसलाई दोस्रो करेन्सीमा पनि बदल्न सकिन्छ । यो सन् २००९ मा चलनमा आएको थियो ।
एक बिटक्वाइनको दर करिब १३ लाख ३८ हजार ७५५ नेपाली रुपैयाँ रहेको बताइन्छ ।