arrow

अठासी वर्षीय वृद्धले जिते कोरोना, १७ सैनिकसहित २४ डिष्चार्ज

logo
सौरभ गिरी, 
प्रकाशित २०७७ भदौ १८ बिहिबार
corona-test.jpg

नेपालगन्ज । बाँकेमा बिहीबार ८८ वर्षीय वृद्धसहित २४ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् ।

यसमा १७ जना सेना पनि छन् । नेपाली सेनाको कौशिलानगर तालिम केन्द्र आइसोलेसनबाट १७ जना, कृषि तालिम केन्द्र खजुरा आइसोलेसनबाट ५ जना तथा होटल इन्द्रेणी र लायन्स डेण्टल आइसोलेसनबाट १–१ जना निको भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । 

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७ सय ८३ पुगेको छ । अब आइसोलेसनमा ३ सय ६ जना छन् । 

बाँकेमा हालसम्म १ हजार ९५ जनामा कोरोना पुष्टि भएको छ । ६ जनाको भने मृत्यु भइसकेको छ ।



लोकप्रिय समाचार
नयाँ