सर्लाही । सर्लाहीको बयलवास क्षेत्रमा केही दिनदेखि बेवारिसे अवस्थामा देखिएकी एक महिला बिहीबार बिहान मृत फेला परेकी छिन् ।
ईश्वरपुर नगरपालिका–६, बयलवासस्थित सिनेमा हल चौकमा तराई मुलको जस्तो देखिने अन्दाजी ३५–४० वर्षीया महिला मृत अवस्थामा फेला परेकी हुन् ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ । मृतकको हुलिया जिल्लाकै अन्य प्रहरी युनिट र छिमेकी जिल्लाको प्रहरी कार्यालयहरुमा पठाएर परिचय खुलाउन प्रयास गरिने ईलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलवासका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए ।