arrow

सात सयले घट्यो सुनको मूल्य, चाँदीको पनि घट्यो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १८ बिहिबार
gold-jewellery.jpg

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा ७ सय रुपैयाँ प्रतितोलाका दरले गिरावट आएको छ ।

नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार बिहीबार सुनको मूल्यमा प्रतितोला ७ सय रुपैयाँले गिरावट आउँदै छापावाल सुनको मूल्य ९६ हजार ५ सय रुपैयाँ प्रतितोला कायम भएको छ ।

यसअघि बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै तेजावी सुनको मूल्य बिहीबार प्रतितोला ९६ हजार रुपैयाँ रहेको महासंघले जनाएको छ ।


महासंघका अनुसार बिहीबार चाँदीको मूल्यमा समेत २० रुपैयाँले गिरावट आएको छ ।

बुधबार प्रतितोला १३ सय ६५ रुपैयाँ चाँदीको मूल्य बिहीबार १३ सय ४५ कायम भएको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ