नेपालगन्ज । सशस्त्र प्रहरीले बाँकेबाट अवैध लोडेड भरुवा बन्दुकसहित एक जना शिकारीलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल बिओपी कालाबन्जारबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीको कमान्डको टोलीले बुधबार राति १ बजे डुडुवा गाउँपालिका वडा नम्बर ६ शिखनपुर्वाका ५६ बर्षीय अजित सिंहलाई लोडेड भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीलाई भरुवा बन्दुक बोकेर रातमा हिडिरहेका सिंहले देखेर भाग्नै लाग्दा सशस्त्र प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सिंह र नियन्त्रणमा लिइएको भरुवा बन्दुकलाई आबश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय हिर्मिनिया बुझाईएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।