arrow

थप एक प्रहरीमा कोरोना, संक्रमित प्रहरीको संख्या ६ पुग्यो 

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७७ भदौ १८ बिहिबार
nepal-police.jpeg

पाँचथर । जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत थप एकजना प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै पाँचथरमा कोरोना संक्रमित सुरक्षाकर्मीको संख्या ६ पुगेको छ । केहिदिन अघि स्वाब संकलन गरेर पठाइएका २५ वर्षीय जवानको परिक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

पहिलो पटक गत साउन २४ गते बिराटनगरबाट सरुवा भएर आएका एक प्रहरीमा संक्रमण देखिएसँगै परिक्षण बढाँउदा जिल्लामा संक्रमित प्रहरीको संख्या पनि बढ्न थालेको हो ।

यसअघि भदौ २ गते १ जना र त्यसपछि एकैसाथ तीनजना जनपथ प्रहरीमा संक्रमण पुष्टि भएको थियो । 

यसैगरी फिदिम स्थित सशस्त्र प्रहरीको फिदिम स्थित हिमशिखर गुल्ममा एक जना सशस्त्र प्रहरी जवानमा संक्रमण देखिएको छ । 

हालसम्म जिल्लामा ६ सुरक्षाकर्मी सहित कुल संक्रमितको संख्या १५ पुगेको छ । जसमध्ये ८ जना निको भएर फर्केका छन् भने सकृय संक्रमितको संख्या ७ छ ।

यसैबीच बिहीबार जिल्लाको फालेलुङ र फिदिमबाट ९९ जनाको स्वाब संकलन गरेर परिक्षणका लागि विराटनगर पठाउनुका साथै जिल्ला प्रहरी कार्यालय फिदिम नगरपालिकाका विभिन्न स्थानमा कार्यरत १ सय १२ जनाको स्वाब संकलन गरी बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको स्वास्थ कार्यालय पाँचथरका प्रमुख नारदमणी सुवेदीले बताए । 



लोकप्रिय समाचार
नयाँ