arrow

मुखर्जीको निधनमा श्रद्धाञ्जली दिन दूतावासमा तीन दिनसम्म समवेदना पुस्तिका

logo
प्रकाशित २०७७ भदौ १८ बिहिबार
pranab-mukharjee-expired.jpg

काठमाडौं । भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनमा श्रद्धाञ्जली दिन काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा समवेदन पुस्तिका राखेको छ । 

दूतावासले गत भदौ १५ गते कोरोना भाइरसका कारण मृत्यु भएका मुखर्जीको श्रद्धाञ्जलीका लागि भदौ १८, १९ र २१ गते समवेदना पुस्तिका राखिने दुतावासले जनाएको छ । 

यी तीन दिन बिहान १० देखि साँझ ५ बजेसम्म समवेदना पुस्तिका राखिने समेत जानकारी गराएको छ । 

मुखर्जीको निधनमा दूतावासले गहिरो शोकसमेत प्रकट गरेको छ । 

मुखर्जीको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली सहित विभिन्न दलका नेताहरुले शोक प्रकट गरिसकेका छन् । 



लोकप्रिय समाचार
नयाँ