काठमाडौं । ललितपुरमा रातो मछिन्द्रनाथको रथ तान्ने विषयमा प्रहरी र स्थानीय बीच झडप भएको छ ।
झडपमा परी प्रहरीको वाटर क्यानलका ड्राइभर घाइते भएका छन् ।
स्थानीय युवाले रातो मछिन्द्रनाथको रथ तान्दा प्रहरीले त्यसलाई रोक्न हस्तक्षेप गरेको थियो ।
प्रहरीले रथ तान्नेहरुमाथि पानीको फोहोरा हानेपछि स्थानीयले त्यसको विरोध गरेपछि झडप भएको हो ।
पछिल्लो समय फैलिएको कोरोना भाइरसका कारण काठमाडौं उपत्यकामा पनि संक्रमण बढ्दै गएको छ ।
उपत्यकामा बढ्दो संक्रमण रोक्नका लागि उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुरले निषेधाज्ञा जारी गरेका छन् ।